सेतीखोला हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

न्भेष्टाेपेपर । साउन ७, २०८०

काठमाण्डौ । सेतीखोला हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ६०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र का स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नु भयो ।

सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. एक अर्ब पचास करोड रूपैयाँ, जारी पूँजी रु. एक अर्ब पचास करोड रूपैयाँ, र चुक्ता पूँजी रु. अठासी करोड छयालिस लाख पैचालीस हजार रूपैयाँ रहेको छ ।

यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । यस हाइड्रोपावरको कुल लागत ५०५ करोड रहेको छ र हाल उक्त आयोजनाको ५५ प्रतिशत कार्यसम्पन्न भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *