अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

इन्भेष्टाेपेपर ।  भाद्र ७, २०७९

काठमाण्डाैँ । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमकाबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखामार्फत लघुवित्त सेवा प्नदान गर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपश्चात चुक्तापूँजी रु २५ करोड पुर्याएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *