सूर्योदय वोमी लघुवित्तकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

न्भेष्टाेपेपर । साउन ४, २०८०

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुमा थप शेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात रु.४६,७२,९५४.५० (अक्षरुपी छयालीस लाख बहत्तर हजार नौ सय चौवन्न रुपैयाँ र पैसा पचास) बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) गर्ने छ ।

उक्त सम्झौता पत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नु भयो ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी रु. १,००,००,००,०००।–, जारी पूँजी रु. ९१,५४,५५,४६३।– र चुक्ता पूँजी रु. ९१,०७,८२,५०८.५०।–रहेको छ । उक्त वित्तिय संस्थामा १,७१,००० भन्दा बढी सदस्यहरु लाई सेवा दिदै आईरहेको छ र १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *