कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक
इन्भेष्टोपेपर । श्रावण ११, २०७८
काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङकाे गीतमा दिनेश ‘काजी’ बान्तवाले संगीत दिनुभएकाे छ ।
कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो ।
कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिनुभएकाे छ । भिडियो मिराज अर्यालले तयार पार्नुभएकाे हाे ।
