चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

इन्भेष्टाेपेपर । मङ्सिर २८, २०७७ 

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर २८ गते आइतवार) अन्तिम दिन हाे ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गरेकाले लाभांशका लागि मंसिर २८ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।

आगामी पुस १२ गते हुने साधारण सभाले १० प्रतिशत बोनस शेयर र १०  प्रतिशत नगद लाभांश वितरण गर्नेप्रस्ताव पारित गर्नेछ । कम्पनीले रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे साधारण सभा आयोजना गरिने बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *