कोभिड-१९ अपडेट : विश्वभर ३३ कराेड ९२ लाखमा संक्रमण, ५५ लाख ८३ हजारको मृत्यु

इन्भेष्टोपेपर । माघ ६, २०७८

काठमाडौं । विश्वकाे जनसंख्या तथा काेराेना भाइरस सम्वन्धी नियमित जानकारी दिँदैअाएकाे वल्ड्राेमिटरकाे तथ्याँक अनुसार कोभिड-१९ का कारण विश्वभर संक्रमितको संख्या ३३ कराेड ९१ लाख ६१ हजार ४ सय ९५ पुगेको छ भने मृत्यु हुनेको संख्या ५५ लाख ८३ हजार २ सय ६६ पुगेको छ ।

अमेरिकामा मात्र ६ कराेड ९७ लाख ७९ हजार ४ सय २२ जना सक्रमित भेटिएकाछन, जुन विश्वभरका कुल संक्रमितकाे करिब २१ प्रतिशत हाे । पछिल्लाे २४ घण्टामा ७ लाख १ हजार २ सय ९२ जना नयाँ संक्रमित अमेरिकाका रहेका छन् ।

यसैगरि हालसम्म भारतमा ३ कराेड ८२ लाख १६ हजार ३९९ जनामा काेराेना लागिसकेकाे छ भने हिजाे मात्र ३ लाख १५ हजार १५८ जनामा संक्रमण पुष्टी भएकाे छ । कुल संक्रमित संख्याकाे अाधारमा तेश्राे स्थानमा रहेकाे ब्राजिलमा २ कराेड ३४ लाख २० हजार ८६१ जना काेराेनाबाट प्रभावित भएकाछन भने हिजाेमात्र २ लमख ५ हजार ३१० जना नयाँ संक्रमित थपिएकाछन् ।

हिजाेकाे तथ्याँक हेर्ने हाे भने संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै मानिसकाे ज्यान गएकाे छ। अमेरिकामा मात्र २ हजार ३ सय ६९ जनाकाे काेभिड-१९ का कारण मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेमा सबैभन्दा धेरै पनि अमेरिकाकै रहेका छन् । यहाँ मृतक संख्या ८ लाख ८० हजार ९६६ पुगेको छ ।

मृतक संख्याकाे अाधारमा ब्राजिल दाेश्राे स्थानमा छ भने भारत तेश्राे । ब्राजिलमा हालसम्म ६ लाख २१ हजार ९२७ र भारतमा ४ लाख ८७ हजार ७१९ जनाकाे देहावसान भैसकेकाे छ ।

1/19/2022

विगत २४ घण्टाकाे तथ्याँक हेर्ने हाे भने अमेरिका पछि सबैझन्दा घेरै फ्रान्समा ४ लाख ३६ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमण निकै तेजिकासाथ फैलिएकाे देश भारतमा हाजाे ३ लाख १५ हजार १५८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

त्यस्तै हालसम्म २७ कराेड २८ लाख ७ हजार ८२८ जना निको भएका छन् भने ५५ लाख ८३ हजार २६६ जनाकाे मृत्यु भएकाे छ । यस हिसावले ९५ प्रतिशत बिरामी निकाे भएर घर फर्किएका छन भने ५ प्रतिशतले मृत्युवरण गरेकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *