लेबनानका प्रधानमन्त्री हसन दियाबकाे राजीनामा

इन्भेष्टोपेपर । श्रायण २७, २०७७ 

बेरूत । लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् । 

उनले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए ।  तर आधिकारिक घोषणा भने भएको थिएन ।

उनले राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *