अस्ट्रेलियाको मेनिन्डीमा आएको बाढीका कारण जनजीवन प्रभावित

न्भेष्टाेपेपर ।  पुष २१, २०७९

काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक बर्षापछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको आपतकालीन सेवा प्रबाह गर्ने निकायले करिब ५०० मानिस बसोबास गर्ने सानो सहर मेनिन्डीबाट अहिले दैनिक ७५ हजार मेगालिटर बाढीको पानी नदीमा पम्प गरेर फ्याँकिराखिएको जनाएको छ ।

उक्त निकायले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो ३० हजार ओलिम्पिक पुल बराबर हो र यसको पानीले छ दिनमा सिड्नी हार्बर भरिन सक्छ ।”

सहरको नजिकै रहेको डार्लिङ्ग नदीको उचाइ १०.२० मिटरको नजिक स्थिर छ, स्थानीइ मौसम विभाग कार्यालयले भनेको छ ।

बिहीबारबाट डार्लिङ् नदीको सतह करिब १०.७० मिटरसम्म बढ्ने सम्भावना देखिएको छ र यसले सन् १९७६ को १०.४७ मिटरको यहाँको बाढीको रेकर्डलाई पार गर्नेछ ।

“मेनिन्डीको अवस्थालाई मौसम विभागले नजिकबाट नियालिरहेको छ, जसले जनवरीको मध्यसम्म नदीको सतह प्रमुख (९.७० मिटर) भन्दा माथि रहने सम्भावना रहेको बताएको छ,” न्यू साउथ वेल्स राज्यको आपतकालीन सेवाका सहायक आयुक्त डीन स्टोरीले भन्नुभयो ।

मेनिन्डी समुदायका १० वटा भवन खाली गरिएको छ भने अन्य २० जना घरपरिवार पनि सुरक्षित स्थानमा आश्रय लिएका छन् ।

विभागले डार्लिंग नदीका लागि मध्यमदेखि ठूलो बाढीको चेतावनी जारी गर्दै जनवरीको मध्यसम्म मेनिन्डीमा नदीको सतह ठूलो बाढीको तह (९.७० मिटर) भन्दा माथि रहने सम्भावना रहेको उल्लेख गरेको छ । मेनिन्डीको तालमा यो साता पानीको बहाव अझै बढ्न सक्ने विभागले जनाएको छ ।(रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *