लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न

न्भेष्टाेपेपर । असाेज ९, २०८०

काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित अन्य २० क्लबको सह–आयोजनमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगिता सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रम आयोजना गरिएको थियो । तारकेश्वर नगरपालिका ६ नम्बर वडाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरी महर्जनले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता उत्कृष्ट भएको बताउनु भयो । बिजेता विद्यालय र विद्यार्थीहरुलाई बधाई दिदै नगर प्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षालाई बिशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । लायन्सले गरेको हाजिरीजवाफ प्रतियोगिता अनुकरणिय सामाजिक कार्य भएको भन्दै आगामी दिनमा समेत नगरपालिका र लायन्सले सँगै काम गर्ने बताउनुभयो । लायन्सले नगरपालिकालाई बिभिन्न स्वास्थ्य क्षेत्रमा सेमत सहयोग गरेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सृजनात्मक कार्य रहेको बताउनु भयो । टोखा नगरपालिकाले सामाजिक रुपान्तरण कार्यक्रममा लायन्स क्लबलाई सदैव सहयोग र साथ दिने बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर अभिवृद्धिका लागी लायन्स कलबले आयोजना गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने फुटुङ मा. वि.ले १ लाख नगद, दोस्रो हुने नौलिङ मा. वि.ले ५० हजार नगद, तेस्रो हुने मनमैजु मा. वि.ले २५ हजार नगद सहित प्रमाणपत्र, मेडल प्राप्त गरेको थियो ।

कार्यक्रममा लायन्स क्लब ३२५ यचका गभर्नर सम्भु बहादुर थापा, पि. एम. सि. सि. पंकज प्रधान, सुबोध फाउन्डेसनका अध्यक्ष प्रमोद तिमल्सिना, ग्यात लिडर खगेन्द्र सिटौला, फर्स्ट भिडीजी, सेकेण्ड भिडीजी, पिडीजी, क्याबिनेट सेक्रेटरी लगायत लायन्स लिडरहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सभापतित्व हाजिरीजवाफ प्रतियोगिताका संयोजक रामकृष्ण बिसीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन आइपिडिजी दिनेश प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *