स्थानीय निर्वाचनः गुल्मीका २ नगर र १० गाउँपालिकाका उम्मेदवार

इन्भेष्टाेपेपर ।  वैशाख १३, २०७९

गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने काम सम्पन्न भएकाे छ ।

गुल्मी जिल्लामा रहेका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार १२ गते बेलुकासम्म उम्मेदवारी दर्ता गर्ने दल र उम्मेदवार यस प्रकार रहेका छन् ।

१. रेसुंगा नगरपालिकाः नेकपा एमालेबाट प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डे तथा नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा खिलध्वज पन्थी र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएका छन ।

२. मुसीकोट नगरपालिकाः यस नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा जीवन खरेल र उपप्रमुखमा गंगा श्रेष्ठ तथा कांग्रेसबाट प्रमुखमा हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकीकृत समाजबादीबाट श्रीराम महतले मनोनयन दर्ता गराएका छन् ।

३. कालीगण्डकी गाउँपालिकाः एमालेबाट अध्यक्षका लागि रामजी ढकाल र उपाध्यक्षमा मञ्जु दर्लामी तथा कांग्रेसबाट अध्यक्षमा बेदबहादुर थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तारा थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै अध्यक्षमा स्वतन्त्र रुपम घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् ।

४. सत्यवती गाउँपालिकाः एमालेबाट अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी तथा नेपाली कांग्रेसबाट अध्यक्षमा पारिश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

५. चन्द्रकोट गाउँपालिकाः यस पालिकामा अध्यक्षमा एमालेबाट चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्यालले तथा माओवादी केन्द्रबाट अध्यक्षमा युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएको छन् ।

६. रुरु क्षेत्र गाउँपालिकाः नेकपा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मीना गौतम तथा माओवादी केन्द्रबाट अध्यक्षमा यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसकी दुर्गा ज्ञवालीेले मनोनयन दर्ता गराएका छन् ।

७. छत्रकोट गाउँपालिकाः यहाँ एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा साबित्रा ज्ञवाली तथा नेपाली कांग्रेसबाट अध्यक्षमा अनन्त पौडेल र उपाध्यक्ष जनमोर्चाका गुमानसिंह पुनले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतले जानकारी दिनुभयाे।

८. इश्मा गाउँपालिकाः एमालेबाट अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा बिमला खत्री तथा नेपाली कांग्रेसबाट अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवरको मनोनयन दर्ता भएको छ ।

९. मालिका गाउँपालिकाः नेकपा एमालेबाट अध्यक्षमा रितबहादुर थापा र उपाध्यक्षमा रनमाया पुनले मनोनयन दर्ता गराएका छन् ।

१०. मदाने गाउँपालिकाः एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा सरिता खड्का तथा नेपाली काग्रेसबाट महेन्द्र कुँवर अध्यक्षमा र उपाध्यक्षमा माओबादी केन्द्रबाट बेगम चन्दको मनोनयन दर्ता भएको छ ।

११. धुर्कोट गाउँपालिकाः एमालेबाट अध्यक्षमा गोपाल कुँवर, उपाध्यक्षमा सीता गिरी, माओबादी केन्द्रबाट अध्यक्षमा भुपाल पोखरेल जसपाबाट गणेश कुँवरले मनोनयन दर्ता गराएका छन् । यसैगरि नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डरीले अध्यक्षमा र एकीकृत समाजवादीबाट कमला सुनारले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट शेखरनाथ घिमिरे र मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज दर्लामीले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

१२. गुल्मीदरबार गाउँपालिकाः नेकपा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन तथा कांग्रेसबाट अध्यक्षमा सरोजकुमार थापा र उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको छ । यहाँ सत्ता गठवन्धन नभएकाले नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङ्गे र उपाध्यक्षमा शिखा रेश्मी तथा नेकपा एकीकृत समाजबादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । निर्वाचनको लागि १४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *