मन्त्रीपरिषद्को निर्णय : लकडाउन बैशाख १५ गते सम्म

इन्भेष्टोपेपर । वैशाख ०२, २०७७

नेपाल सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले महामारीकाे रूपमा फैलिएकाे कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउनकाे अवधि बढाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले यसअघि लकडाउनको लागि थपेको म्याद भाेली बैशाख ३ गते बुधवारदेखि सकिदैछ । यस्तै अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फुेसबुकमा मन्त्रीपरिषद् बैठकको निर्णयको जानकारी साझा गर्नुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *