लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

माघ २४, २०७६ | Investopaper

लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतीनगर, स्थित श्री प्रगती माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

कम्प्युटर शिक्षाको ब्यबहारिक शिक्षाका लागि सहयोग स्वरुप माघ २३ गते गते ५ थान कम्पयुटर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्याल लाई एक समारोहका बिच हस्तान्तरण गर्नुभयाे । त्यस अवसरमा बैंकको तर्फ बाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्र बहादुर सरु को उपस्थिती रहेको थियो भने बिद्यालयको तर्फ बाट प्रमुख सल्लाहकार जित बहादुर मल्ल, ब्यबस्थापन समिति का सदस्य श्री इन्द्र बहादुर राइ ,पुर्ब का.बा. अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार बिर बहादुर कुवर र शिक्षक तथा बिद्यार्थी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दैे जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बैंकका मुख्य प्रबन्धक खनालले बताउनु भयाे ।

बैंक ले मिति २०७६ साल पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको थियो । उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *