सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

इन्भेष्टाेपेपर ।  चैत्र २, २०८२

रुपन्देही । लुम्बिनी क्षेत्र लोपोन्मुख पंछी सारसको प्रमुख प्रजननस्थलका रूपमा स्थापित हुँदै गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय बासिन्दाको सचेतनाका कारण सारसको गतिविधि बढेको हो ।

संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार नेपालमा रहेका झन्डै ७ सय सारसमध्ये ८० प्रतिशतभन्दा बढी जोडी लुम्बिनी आसपासमा नै रहेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पंछी’ घोषणा गरी संरक्षण अभियानलाई संस्थागत रूप दिएको छ भने लुम्बिनी विकास कोषले विश्व शान्ति स्तूपको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकादेखि गैडहवा हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि देखिन थालेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा सूचीकृत सारसको विगतमा अवैध सिकार हुने गरेकोमा स्थानीयको सचेतनाले यस्तो गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मीहरू बताउँछन् ।

लुम्बिनी विकास कोषले अब सारस संरक्षणलाई पर्यटनसँग जोड्दै शान्ति स्तूप परिसरमा पैदलमार्ग र वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *