अमेरिकासँग इरानले तत्काल वार्ता नगर्ने

इन्भेष्टाेपेपर ।  चैत्र २, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताउनुभएकाे छ।

अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भन्नुभयाे, ‘हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी स्थिर र बलियो छौँ। हामी केवल हाम्रा जनताको रक्षा गरिरहेका छौँ।’ 

उहाँले स्पस्ट भाषामा भन्नुभयाे, ‘अमेरिकीहरूसँग कुरा गर्ने कुनै राम्रो अनुभव छैन।’

ट्रम्पले शनिबार अमेरिकाले इरानसँग सम्झौता चाहेको तर वर्तमान सर्तमा सम्झौता गर्न आफू तयार नभएको बताउनुएकाे थियाे।

‘हामीले कहिल्यै युद्धविरामको लागि आग्रह गरेका छैनौं, र हामीले कहिल्यै पनि वार्ताको लागि सोधेका छैनौं, इरान ती देशहरूसँग वार्ता गर्न तयार छ जसले छनौट गरिएका तेल ट्याङ्करहरू हर्मुज निर्यात मार्गबाट पार गर्न वार्ता गर्न चाहन्छन्’ अराघचीले भन्नुभयाे।

‘म कुनै पनि देशको विशेष उल्लेख गर्न सक्दिनँ, तर हामीलाई धेरै देशहरूले सम्पर्क गरेका छन् जो उनीहरूको जहाजहरूको लागि सुरक्षित मार्ग चाहन्छन्,’ उहाँले भन्नुभयाे। (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *