च्याम्पियन्स लिगमा हस्तिकाे पराजय : बार्सिलाेनापछि म्यानचेस्टर सिटी पनि पराजित

इन्भेष्टोपेपर । श्रावण ३२, २०७७ 

यस पटककाे च्याम्पियन्स लिगमा फुटबल जगतमा पावर हाउसकाेरूपमा परिचित क्लवहरूकाे एकपछि अर्काेले पराजय सामना गरिरहेकाछन । बार्सिलाेनाकाे ८ – २ गाेलकाे लज्जाजनक पराजय पश्च्यात म्यान्चेष्टर सिटी पनि लियाेनसंग पराजित भएकाे छ ।

अब लियोन, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै लियोन अन्तिम चारमा प्रवेश गरेको छ । 

खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याए । 

तर डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेपछि लियोन ३-१ ले विजयी भयो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । 

अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *