~~ महाकाली रिभाइव ~~
— भावना शर्मा
हटाएर पर्दा अब लाजको यो घुम्टो फाली
उचालूँकी खड्ग फेरी बनुँकी म महाकाली ।
राग उस्तै, द्वेष उस्तै, राज्य महिष को जस्तै
रक्षक आफैं भक्षक यहाँ युग आफैंमा कहाली
उचालूँकी खड्ग फेरी बनुँकी म महाकाली ।
लोकलाज पचाएको साशक हेर अशुर झैं
कलीको यो अशुरात्व हटाउन बोकी फाली
उचालूँकी खड्ग फेरी बनुँकी म महाकाली ।
न त नरमा नरत्व छ न नारीमा नैतिकता
मानवता को रुप हेर कति गिर्दो कती जाली?
उचालूँकी खड्ग फेरी बनुँकी म महाकाली ।
तोडी दानवता को साख जोगाउन यो मानवता
संखघोष गरी अघी बढुं मोर्चा यो संम्भाली
उचालूँकी खड्ग फेरी बनुँकी म महाकाली ।
