मनकामना केवलकार साउन २३ गतेदेखि ६ हप्ताका लागि बन्द हुने
इन्भेष्टाेपेपर । साउन १९, २०७९
काठमाण्डाैँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएकोछ।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नकोलागि काम अघि बढाउन लागिएको हो। यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलका रहुनेछ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनकालागि स्तरोन्नति गर्न लागिएको हो।स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन्। स्तरोन्नति कार्य करिब पाँचदेखि छ हप्तामा सम्पन्न हुनेछ यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेसस्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ।