पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना दर्शन प्रा.लि.
इन्भेष्टाेपेपर । मंसिर ८, २०७९
काठमाण्डाैँ । पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था मनकामना दर्शन प्रा.लि. बनेकाे छ ।
११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले कम्पनीलाई सम्मान गरेको हो ।
२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ ।
यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा. लि. ले करीब रु ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गदै छ ।
