मनमोहन अधिकारीकाे आज २४औं स्मृति दिवस : विभिन्न कार्यक्रमगरि मनाइँदै

न्भेष्टाेपेपर । वैशाख १३, २०८०

काठमाडौं ।  नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २४ औं स्मृति दिवस मनाइँदैछ। पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ।

स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ । २४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उहाँले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो । 

अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो । २०५१ सालमा देशको पहिलो लोकप्रिय प्रधानमन्त्री बन्नुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

अधिकारी नेतृत्वको ९ महिने सरकारले बृद्ध भत्ता वितरण, आफ्नो गाउँ आफैं बनाऔं, नाै स का कार्यक्रम जस्ता लाेकप्रिय कार्यक्रम सरकारले ल्याएको थियाे।  १०० बाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ। 

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका  व्यक्तित्व मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो। अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिनुभएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गर्नुभएकाे थियाे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *