एसबिआई बैंकको बार्षिकोत्सवका अवसरमा अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण
इन्भेष्टोपेपर । असार २४, २०७८
नेपाल एसबिआई बैंकले ७ जुलाई २०२१ का दिन बैंकले २८औं बार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।
वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे द्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरणा गर्नुभयो ।
उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
