जानी राखाैँ अनारको औषधीय महत्व

इन्भेष्टोपेपर । जेष्ठ २४, २०७

स्वस्थ्य रहनकाे लागि पाैष्टिक खानाकाे निकै ठूलाे हात हुन्छ । हामीले खाना भन्ने बित्तिकै दाल, भात, तरकारी, राेटी तथा माछा मासु भनेर सम्झिन्छाै तर फलाहारकाे पनि निकै याेगदान रहेकाे हुन्छ । फलफूललाइ धर्मशास्त्रमा पनि शुद्ध मानिन्छ र ब्रत बस्दा पनि खान मिल्छ ।

प्रकृतिले प्रदान गरेका र पृथ्वीमा पाइने सयाैथरी फलफूल मध्ये एक हाे । अनारमा प्रशस्त फाइवर, जिङ्क, आइरन, पाेटेसियम, अाेमेगा- 6 तथा भिटामिन के, सि र बि पाइन्छ । यहाँ हामी अनार सेवनका गुणहरू बारेमा जानकारी दिन गइरहेका छाैँ । जुन यस प्रकार छन् ।

  • यसको नियमित सेवन गर्नाले बलविर्य बढाउँछ, तिर्खा मेटाउँछ, खानामा रुची बढाउँछ । मुटु तथा आमाशयलाई मजबुत बनाउँछ ।
  • यसको हिच्की, कफग्रस्त खोकी, वातरोग आदिलाई ठिक गर्दछ ।
  • यसको फलको बोक्रा चुस्नाले वा बोक्राको चूर्ण १/२ चम्चा २/३ लिटर पानीमा २४ घण्टा भिजाएर पकाई र ३/३ घण्टाको फरकमा खाली पेटमा वा खाना खाएको १ घण्टा पछि र बेलुका तीन पटक पिएर सुत्नाले गलग्रन्थी बढेमा, स्त्रीप्रदर, खोकी, कमलपित्तजस्ता रोगलाई ठीक गर्दछ ।
  • स्त्रीहरुको रगत बढी जाने रोगलाई पनि निर्मूल पार्दछ ।
  • यसको नियमित प्रयोग गर्नाले रगतलाई शुद्ध पनि गराउँछ ।

सावधानीः

यदी तपाइले शरीरकाे ताैल घटाउन चाहानु भएकाे छ भने अनार सेवन गर्नु हुँदैन, अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ । यसैगरी प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्ति, मधुमेहकाेराग लागेका व्यक्ति, कलेजाेमा समस्या हुने व्यक्ति र दमका राेगीले पनि अनार खानु हुँदैन ।

– एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *