मेलिना राईको स्वर तथा सृजना निङ्लेखुकाे अभिनय रहेकाे ‘फूलहरु मगमग’ गीत सार्वजनिक (भिडियोसहित)

इन्भेष्टोपेपर । माघ ५, २०७८

काठमाडौँ । कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय रहेको फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका मेलिना राईको स्वर रहेको गीतको भिडियो बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।

फूलहरु मगमगको भिडियो बजारमा आएसँगै उनलाई शुभकामना दिने र हौस्याउनुहरु बढेको बताउँछिन् सृजना । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *