साग : पुरुष फुटबलकाे नयाँ खेलतालिका सार्वजनिक, टिकट बिक्री निजि कम्पनीले गर्ने

मंसिर १२, २०७६

यस तेह्राै दक्षिण एसियाली खेलकुद (साग)मा भारतले सहभागिता नजनाउने भएपछि पुरुष फुटबल टिमको खेल तालिका पनि परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघले बिहीबार नयाँ खेलतालिका सार्वजनिक गरेको छ । राउण्डरोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल डिसेम्बर तीन तारिखमा भुटानसँग खेल्ने भएको छ ।

दशरथ रंगशालामा हुने खेलका समय दिउँसो एक बजे पहिलाे खेल र दोस्राे खेल साँझ ५ बजे हुनेछ । नेपालले भने सबै खेल साँझ ५ बजे खेल्नेछ ।

यसपटकको फुटबल र क्रिकेटको टिकटको जिम्मा निजी कम्पनीलाई दिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएकाे छ । टिकटकाे मूल्य पाँच सय र एक हजार तोकिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *