लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर

न्भेष्टाेपेपर । असाेज २१, २०८०

काठमाण्डाैँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी समझदारी औपाचारिक रुपमा सम्पन्न भएको छ ।

समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि दुई सहायक कम्पनीहरु पनि मर्जर भएका हुन ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *