मेसिकाे हातमा पर्याे फिफा बेष्ट प्लेयर अवार्ड-२०१९
Investopaper, असाैज ०८, २०७६
मिलान — यस बर्षकाे फिफा बेष्ट प्लेयर काे उपाधि लियोनल मेसीले जितेका छन् । यस अवार्डकाे छनाैट प्रतियाेगिताकाे फाइनलमा समाबेश क्रिष्टियानाे राेनाल्डाे र भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड हात पारेका हुन ।
मिलानको ला स्काला ओपेरा हाउसमा आयोजित समारोहमा अर्जेन्टिनी फुटबल स्टार लियाेनल मेसीले अवार्ड घाेषणा गरिएकाे थियाे । धेरै खेलकर्मी च्याम्पियन्स लिग विजेता लिभरपुलका स्टार डिफेन्डर भर्जिल भान डाइकले अवार्ड हात पार्नसक्ने अनुमान लगाएका थिए, जसले गत महिनामात्रै यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए ।
अन्तिम ३ जनाको सूचीमा समावेश गरिए पनि रोनाल्डो अवार्ड समारोहमा उपस्थित थिएनन् । उनलाई फिफा विश्व–११ टिममा भने समावेश गरिएको छ । ३२ वर्षीय मेसी र २८ वर्षीय भान डाइक डिसेम्बर २ मा घोषणा गरिने बालोन डी’अर अवार्डको दौडमा पनि छन् ।
सन् २०१६ देखि सुरु गरिएको फिफा बेस्ट अवार्ड मेसीले पहिलोपल्ट जितेका हुन् । फिफाकै सहकार्यमा दिइने गरिएको बालोन डी’अर भने मेसीले सर्वाधिक पाँचपल्ट जितेका छन् । यसअघि सन् २०१६ र २०१७ मा यो अवार्ड रोनाल्डो र गत वर्ष भने मेसी र रोनाल्डोलाई पछि पार्दै क्रोएसियाली प्लेमेकर लुका मोड्रिचले जितेका थिए ।
मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । ५० खेल खेल्दा ५१ गोल गर्नुकासाथै २० गोलका लागि पास उपलब्ध गराएका थिए । ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए ।
अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोराहरूकाे उपस्थितिमा बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरे । उनले उपलब्धि आफ्नो मात्रै भन्दा पनि टोलीको योगदानका कारण भएको उनले बताएका थिए ।
— एएफपी