मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप
इन्भेष्टोपेपर । भाद्र ३०, २०७७
मेटलाइफले आज ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसंग पहुँच बढाउन र आफ्नो विमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ। मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ।
डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भच्र्वल कार्यक्रम मार्फत उक्त एपको अनावरण गरेका थिए।
मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै IOS App Store/Andriod Google Play Store बाट निशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ। एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन्।
ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन। मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ।
नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन। उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्। उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन्।
