पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन

INVESTOPAPER, December 2, 2018

काठमाडौ-  पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो राष्ट्रिय लघुवित्त सदशस्य सम्मेलन आज सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ ।

सम्मेलनको समापन समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पु¥याउने बताउनुभयो । उहाँले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गर्दै घोषणापत्रको कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “लघुवित्त अघिअघि दौड्नुभएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ, पन्ध्र बुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्थामा चित्त नबुझे त्यसमा कार्यदल बनाएर अघि बढौँ, सरकार समस्या भएका व्यवस्था संशोधन गर्न तयार छ ।”

बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको सङ्केत भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको सङ्केत हो ।”

अर्थमन्त्री डा खतिवडाले काम हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ, अहिलेको अवस्था पनि यस्तै भएको हो भन्नुभयो । सांसद लीलानाथ श्रेष्ठले गरीबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गर्नुभयो ।

सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलालाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै सम्मेलनमा देखिएको उपस्थितिले पनि अब महिला एक्लै छैनन्, उनीहरूलाई साथ दिन लघुवित्त छ भन्ने प्रमाण दिएको धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनले लघुवित्तमा हालसम्म पहुँच नभएका तथा दुर्गम स्थानका अति विपन्न वर्गमा समेत पु¥याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुँच विस्तार गर्ने विषयलाई समेटेको छ । यस्तै लघुवित्त संस्थाले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्यमान्यताको पूर्णपालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि सम्मेलनले जनाएको छ । सम्मेलनमा विभिन्न क्षेत्रबाट आएका र लघुवित्तले आफ्नो जीवनमा ल्याएको परिवर्तनका बारेमा विभिन्न महिलाहरूले सफलताको कथा सुनाएका थिए ।

मंसिर १५ र १६ गते राजधानीमा भएको सम्मेलनको औपचारिक उद्घाटन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो भने समापन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । यसअघि २०७३ मा पहिलो राष्ट्रिय लघुवित्त सम्मेलन भएको थियो । सम्मेलन प्रत्येक दुई/दुई वर्षमा हुनेछ ।

दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेका १५ बुँदाहरू

१.“स्वच्छ लघुवित्त हाम्रो अभियान” लाई कार्यान्वयन गरी मूर्त रुप दिन सम्मेलनकासहभागी सदस्यहरु आ(आफ्नो क्षेत्रमा आफ्नो संस्थाको अभियन्ताकोे रुपमा कार्य गरी परिणाम मुखी बनाउन अठोट गर्ने ।

२. वित्तीय साक्षरता कार्यक्रमप्राथमिकताका साथ सम्पूर्ण लघुवित्त संस्थाहरुले अभियानको रुपमा संचालन गरी“स्वच्छ लघुवित्त, हाम्रो अभियान” लाई साकार एवं सफल पार्ने ।

३. लघुवित्तमा हालसम्म पहुंच नभएका तथा दुर्गम स्थानका अति विपन्न वर्गमा समेत पुरर्याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुंच विस्तार गर्ने ।

४.लघुवित्त संस्थाहरुले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्यमान्यताको पूर्ण पालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम संचालन गर्ने ।

५.लघुवित्त संस्थाहरुले आफ्ना सदस्य एवं परिवारहरुको हित एवं सुरक्षाकोलागि स्वास्थ्य तथा कर्जा बीमा लगायत विभिन्न बीमा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न बीमा प्रदायक संस्थाहरुसँग समन्वय गरी लागू गर्ने ।

६. लघुवित्त कार्यक्रममा संलग्नलघुवित्तसंस्थाहरु र सहकारीहरुले कर्जा साख सूचना (ऋक्ष्ऋ)लिने एवं दिने नियमको पूर्ण पालना गरी “स्वच्छ लघुवित्त हाम्रो अभियान”को मर्म अनुरुपएक जना एक लघुवित्त संस्थामा रही सदस्यको आवश्यकता एवं क्षमताको मूल्यांकन गरी आवश्यक रकम मात्र कर्जा प्रवाह गर्ने र सदस्यहरुलाई अनावश्यक अधिक ऋण भारको जोखिममा पर्न बाट जोगाउने कार्यनीति तुरुन्त अवलम्बन गर्ने ।

७. लघुवित्त संस्थाका नीति निर्माताहरु(संचालक समिति समेत) ले ग्राहक सदस्य प्रति जिम्मेवार भई ग्राहकसदस्यहरुको व्यवसाय, सीप तथा क्षमता विकासका साथै सदस्यहरुको हित संरक्षण हुने एवंउद्यमशीलता बढाउने कार्यमा नीति बनाइ लागू गर्ने ।साथै उत्पादित वस्तु बजारीकरणको व्यवस्था र सहजीकरण गर्न नेपाल सरकार लाई अनुरोध गर्ने ।

८.स्थानीय स्तरमा रहेकाउद्यम विकास गर्नेकार्यालयहरुसंग समन्वय गरी लघुवित्त सदस्यहरुलाई उद्यमशीलता विकासका तालिमहरु दिई उद्यमी बनाउनस्थानीय स्तरमा उपलब्ध सीप, साधन रश्रोतमा आधारित उद्यम एवंसृजनशील कार्यका लागि प्रत्येक लघुवित्त संस्थाले आवश्यक रणनीति तयारगरीलागू गर्ने ।

९. लघुवित्त कार्यक्रमको सेवाबाटग्राहक सदस्यको जीवनस्तरमा पारेको प्रभावकोस्तर मापन नियमित रुपमा गर्नप्रत्येक संस्थामा इकाइकोस्थापना गर्ने र सो इकाईले ग्राहक सदस्य स्तर वृद्घि मापन कार्ड ९न्चयधतज च्भअयचम ऋबचम० तयार गरी प्रत्येक सदस्यलाई उपलब्ध गराउने र सोको निरन्तर अनुगमन गर्ने ।

१०. लघुवित्त कार्य गर्ने सहकारी संस्थाहरुलाई संशोधित सहकारी ऐन २०७४ मा ५, ७, र १० प्रतिशत आयकर तिर्नू पर्नेव्यवस्था रहेकोमा२०५ आयकर लिने गरेकोले सहकारी ऐन २०७४ अनुसार आयकर लिने व्यवस्था कार्यान्वयनकोलागिनेपाल सरकार, अर्थ मन्त्रालय र सहकारी विभागलाई अनुरोध गर्ने ।

११. उद्योग मन्त्रालय अन्तरगत कम्पनी रजिष्ट्रार कार्यालयले नेपालको लघुवित्त कार्यक्रमलाई प्रभावकारी भूमिका खेलेको गैर सरकारी संस्थालाईअप्राकृतिक संस्था भनि उनीहरुले लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेको संस्थापक सेयर विक्री गर्नु पर्ने भनी गरेको निर्देशन कम्पनी ऐन विपरित समेत भएको हुँदा गैर सरकारी संस्थाहरुले लघुवित्तवित्तीय संस्थामा लगानी गर्न नपाउने निर्देशनखारेज गर्न नेपाल सरकार, उद्योग मन्त्रालयलाईअनुरोध गर्ने ।

१२. लघुवित्त संस्थाहरुले लघुवित्तको दिगाोपना तथा गरीवी न्यूनीकरण लक्ष्यलाई दृष्टिगत गरी सन् २०३० सम्ममा गरिवी शून्यमा झार्ने गरी लघुवित्त कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने ।

१३.लघुवित्त संस्थाहरुले विगत केहि वर्ष देखि सेवा तथा कर्जा विस्तारमा अनअपेक्षित रुपमा नगद प्रवाहमा अभावको सामना गर्नु परेको छ । यसको दीर्घकालिक समाधानका निम्ति लघुवित्त संस्थाहरुलाई निक्षेप संकलन गर्न दिने स्वीकृतीकोलागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

१४.ग्राहकहरुको स्वामित्वमालघुवित्त संस्थाहरुको संरक्षण र प्रवर्धन गर्न सर्वसाधारण शेयर एवं विक्री गर्न चाहने संस्थापक शेयर समेत सम्बन्धित संस्थाका ग्राहक एवं ऋणीहरुले खरिद गर्न सक्ने ब्यवस्था गर्ननेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलाई अनुरोध गर्ने ।

१५. लघुवित्त संचालन गर्दै आएका संस्थाहरु बाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्ननेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

  • रासस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *