अन्य औलाहरुको तुलनामा माँझी औला किन लामो हुन्छ ?

इन्भेष्टोपेपर । फागुन २३, २०७६ 

हाम्रो हातका औलाहरुमध्ये माझी औला अर्थात् बिचको औला सबैभन्दा लामो हुन्छ । माझी औला किन अरु औला भन्दा लामो भयो भन्ने सवालमा विकासवादी शरीर विज्ञान विद्हरुले विकासवादी दृष्टिकोणमा विचार दिएका छन् । उनीहरुले यसको विश्लेषणका लागि सममिती सिद्धान्तलाई अंगालेका छन् ।

उनीहरुको अध्ययन प्राणीका अङ्गहरुको भित्री विज्ञहरु माझी औला लामो हुनुमा हाम्रो पुर्खा पन्चधारी जीव भएको पुष्टि मिलेको बताउन्छन् । हाम्रो शरीरलाई सन्तुलनमा राख्न लामो माझी औलाले भुमिका खेलेको उनीहरु बताउँछन् । माझी औला लामो हुनुको बिश्लेषणमा विकासवादी शरीर विज्ञान विद्हरुले पनि सममिति सिद्धान्तलाई नै पछ्याएका छन् ।

तर उनीहरुको एउटा थप पक्ष यस सिद्धान्तमा जोडेका छन् । त्यो हो बन्दको ज्यामिति । जब हामी हातलाई मुठ्ठी पारी बन्द गर्दछौं तब सबै औलाले हत्केलाको सतह छुन्छन् । माझी औला लामो हुँनाले नै यस्तो सम्भव भएको हो । यो बन्दको ज्यामिति हो । यहि ज्यामितिको कारणले नै जब वस्तु हातले समात्छ तब सबै औलाले समान काम गरेका हुन्छन् । औलाहरुको यो खास आकारले हातका औलाहरुको उत्कृष्ट कामलाई सम्भव तुल्याएको छ ।

केही मानवशास्त्री सममिति सिद्धान्त र बन्दको ज्यामितिलाई मान्न तयार छैनन् । उनीहरुको मानव उद्विकासको अध्ययनमा मानव जातिको नजिकको नातेदारका रुपमा रहेको कुनै प्राइमेट प्रजातिमा हातको चौथो औला लामो भएको भेट्टाएका छन् । उनीहरुका अनुसार यो तथ्यले उल्लेखित सिद्धान्तलाई स्वीकार्न दिँदैन । तर ती मानवशास्त्रीले कुनै छुट्टै सिद्धान्त भने प्रतिपादन गरेका छैनन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *