१० प्रतिशत शय्या निःशुल्क उपचारका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

न्भेष्टाेपेपर । जेठ २२, २०८०

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कुल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ।

मन्त्रालयले ७ सय ५३ वटै पालिका र देशका सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई हिजाे छुट्टाछुट्टै पत्राचार गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे । यसअघि पनि मन्त्रालयले दुई पटक अस्पताललाई निःशुल्क उपचार गर्न/गराउन निर्देशन दिएकाे थियाे । मन्त्रालयले पालिकालाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गर्न निर्देशन दिएको छ ।

पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित पालिकाको वडा कार्यालयबाट गर्ने गराउने र त्याे सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कुल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न/गराउन अनुरोध गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड  २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने उल्लेख गरिएको छ । 

मन्त्रालयले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए/नगराएको नियमित अनुगमन हुने जनाएको छ । शनिवार अस्ति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शय्या निःशुल्क उपचार गर्न निर्देशन दिनुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *