ब्राजिलियन राष्ट्रपतिद्वारा युक्रेनी राष्ट्रपतिको खिसीटिउरी

इन्भेष्टोपेपर । फागुन १६, २०७८

ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले युक्रेनी राष्ट्रपतिको खिसीटिउरी गर्दै युक्रेनका जनताले एउटा हास्यकलाकारको हातमा विश्वास सुम्पेको टिप्पणी गरेका छन्।

आइतवार एउटा पत्रकार सम्मेलनमा बोलेका बोल्सोनारुले रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरे।

जारी द्वन्द्वको विषयमा ब्रजिल “तटस्थ” रहेको भन्दै उनले ब्रजिल र रुस “व्यवहारतः दाजुभाइ” भएको बताए।

“हामी पक्ष लिन्नौँ, हामीले तटस्थतालाई जारी राख्नेछौँ र के सम्भव हुन्छ त्यो सहयोग गर्छौँ,” बोल्सोनारुले भने। “युक्रेनी जनसङ्ख्याको ठूलो हिस्सा रुसी भाषा बोल्छ।”

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *