बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

न्भेष्टाेपेपर । साउन ५, २०८०

काठमाण्डाै । गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताउनुभएकाे हाे । उहाँले समग्र देशको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दरभित्र रहने गरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौँ । समग्र देशको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरे मौद्रिक नीति तयार गर्ने गरेका छौँ । बजेटले लक्षित गरेको आर्थिक वृद्धिका लागि मुद्रा प्रदायकहरूलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य लिएर मौद्रिक नीति तय हुन्छ ।’

गभर्नर अधिकारीले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्यवृद्धि नियन्त्रण गर्ने, बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गर्नुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्यवृद्धि सात प्रतिशत रहने अनुमान रहेको बताउनुभयो । उहाँले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताउनुभयो ।

गभर्नरले राष्ट्र बैंकको नीतिमार्फत कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनी आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने नीति बनाएको उल्लेख गर्नुभयाे । उहाँले ठूलै सङ्ख्यामा रोजगारी, धेरै उत्पादन, राजस्वमा योगदान गरी अर्थतन्त्र चलायमान बनाउने क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *