सांसद सोविता गौतमले आलोचना सहन नसकेपछि छोडिन् सामाजिक सञ्जाल

न्भेष्टाेपेपर । जेठ २८, २०८०

काठमाडौं । सांसद सोभिता गौतमले सामाजिक प्लेटफर्म टुइटर छाडेकी छिन् । हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि टुइटर डिलिट गरेको बताएकी हुन् ।

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आइसके पछाडी मैले टुइटर डिलिटै गरिदिएँ, फालिदिएँ, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘टुइटर धेरै सकरात्मक कुरा भए पनि टुइटर कहिले काँहि टक्सिट नै हुन्छ, अट्याक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्यो भने बौद्धिक मान्छेहरुले टुइटर प्रयोग गर्छन् ।’

बिबाह गरेर जापान गएपछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाएपछि आफू दुःखित भएको पनि उनको भनाई छ । आफूसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि उनले जनाएकी छिन् । (आजको राजधानी दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *