मुक्तिनाथ विकास बैंकको बृहत घर दैलो कार्यक्रम सम्पन्न

 इन्भेष्टाेपेपर ।  भाद्र २६, २०७९

काठमाण्डाैँ । “जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको मुक्तिनाथ विकास बैंक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरुमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु द्वारा बृहत घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी महानुभावहरुको समेत सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको छ , मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य बैंकले लिएको छ । यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएक मेसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *