मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरमा सिसिटिभी क्यामेराहरु जडान

इन्भेष्टोपेपर । फागुन ४ २०७८

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी. क्यामेराहरु लागि सहयोग गरेको छ।

बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान
सिसिटिभी क्यामेराहरु एक कार्यक्रमबीच जडानको शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बैंककातर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग , मार्केटिंङ प्रमुख बसन्तबक्शी, कोहलपुर क्षेत्रीय प्रमख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्दक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *