बहु गुणकारी किसमिस : जसकाे सेवनले हुन्छ अनेक फाइदा ?

न्भेष्टाेपेपर । जेठ १२, २०८०

किसमिस अंगुरलाई सुकाएर बनाइने खाद्यपदार्थ हो। विशेषतः भित्र गेडा नहुने जातको पाकेर सुकेको वा पाकेपछि टिपेर सुकाइएको फललाई किसमिस भनिन्छ । अङ्गुरको रङअनुसार किसमिस पनि विभिन्न रङका हुन्छन् ।

किसमिसमा प्रचुर मात्रामा पौष्टिक तत्त्वहरु पाइन्छन्। मूलतः यो फलाम, पोटासियम, म्याग्नेसियम र क्याल्सियम जस्ता भिटामिन र खनिजहरूको राम्रो स्रोत हो। त्यसबाहेक, यसमा पाचन स्वास्थ्यका लागि आवश्यक फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ। बहु गुणकारी किसमिसले काम गर्ने क्षमता बढाउनुका साथै भोक मेटाउन पनि सहयोग गर्दछ ।

मध्य युगदेखि नै खाद्यवस्तुका रुपमा प्रयोग गर्दै आएको किसमिसलाई भिटामिनको स्रोत नै भनिन्छ । परम्परागत दृष्टिकोणले किसमिस खाँदा यौन दुर्बलता हटाउने र काम गर्ने क्षमता बढाउने तथा अल्छीपन हटाउँछ ।

एक दाना किसमिसमा २ क्यालोरी हुन्छ । मानिसले एक पटक खाना खाँदा जति क्यालोरी प्राप्त हुन्छ ५ देखि ६ दाना किसमिस खाँदा त्यो प्राप्त हुन्छ । त्यसैले थोरै खाँदा पनि अघाएको महसुस हुन्छ ।

किसमिसमा क्याल्सियम र म्याग्नेसियम हुन्छ। यी दुई तत्त्वहरु हड्डी स्वस्थ राख्न आवश्यक खनिजहरू हुन्। नियमित रुपमा किसमिस खाने गर्नाले हड्डीलाई बलियो बनाउँछ, हड्डी खिइने समस्याबाट हामीलाई बचाउँछ। घुँडा तथा शरीरका हड्डीहरुको दुखाइको समस्या हुनेहरुले किसमिस खानु थप फाइदाजनक हुन्छ।

त्यस्तै यसको दैनिक सेवनले छाला चमकदार बनाउँछ । फुस्रो छालामा चमक, शरीरलाई सुन्दर र स्वस्थ बनाउँछ । यसको नियमित सेवनले शरीरमा जम्‍मा भएको टक्सिनलाई बाहिर निकालेर मृगौला रोग लाग्नबाट समेत बच्न सकिन्छ ।

किसमिसमा फाइबर पाइन्छ। फलतः यसले हाम्रो पाचन प्रणालीमा सकारात्मक प्रभाव पार्छ। कब्जियत भएका मानिसहरु त किसमिस खानु झनै फाइदाजनक कुरा हो। यसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ।

यसलाई पानीमा भिजाएर खाएमा अझ बढी फाइदाजनक हुन्छ । किसिमिसमा भएको फाइबरले रगतमा चिनीको मात्रा र शरीरमा कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्दछ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *