अन्जु पन्तको स्वर र मिथिला शर्माको अभिनय रहेकाे म्युजिक भिडियो सार्वजनिक !

इन्भेष्टाेपेपर । असाैज २१, २०७७

चलचित्र क्षेत्रकी शसक्त अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय तथा चर्चित गायीका अन्जू पन्तकाे स्वर रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस म्यूजिक भिडियोमा कलाकारकाे जीवन्त अभिनय देख्न सकिन्छ भने पन्तकाे सुरिलाे स्वर सुन्न पाइन्छ।

यस मर्मस्पर्शी गीतमा  मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा देखाउन खोजिएको छ। भिडियोमा मस्तिष्क पक्षाघात भएका सन्तानको भविस्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत गरिएको छ ।

यस गीतका रचनाकार नरेश प्रधान हुनुहुनछ भने हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ। स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई  महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ गर्नु भएकाेछ।

म्यूजिक भिडियाेकाे निर्देशन अनुप चापागाईले गर्नु भएकाे छ र उत्सब दाहालले छायांकन गर्नु भएकाे छ । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *