आमाकाे स्वर तथा छाेरीकाे अभिनयमा ‘धेरै माया नदेऊ मलाई’ बाेलकाे गीत सार्वजनिक (भिडियो)

इन्भेष्टाेपेपर । मङ्सिर २६, २०७७ 

गायिका अन्जु पन्तकाे स्वर तथा सङ्गीतमा र छाेरी परिताेषिका पन्तकाे अभिनयमा ‘धेरै माया नदेऊ मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतकाे रचनाकार सुरेश वाग्ले हुनुहुन्छ ।

यस गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्त तथा मोडेल कुन्साङ बोम्जनकाे अभिनय रहेकाेछ । यो उनको डेब्यु अभिनय पनि हो ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गर्नुभएकाे छ भने म्यूजिक एरेन्जरमा संजीव बराइली हुनुहुन्छ । भिडियोलाई गायिका पन्तको आधिकारिक युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *