नवीन पाैडेलकाे ‘लेउ खुकुरी लेउ’ बाेलकाे गीत सार्वजनिक (भिडियो)

इन्भेष्टाेपेपर । कार्तिक २९, २०७७

काठमाडौं । लोकगायक नवीन पौडेलले देशको परिस्थिति सुधार्न आग्रह गर्दै ‘ लेउ खुकुरी लेउ’ बोलको गीत बजारमा ल्याएका छन् ।

देशमा व्यप्त भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँदै उनले जनतालाई खुकुरी निकाल्न भनेका छन् । सत्तामा रहेकाहरू गुट, उपगुट मिलाउन व्यस्त छन् ।

राज्य सत्ताको विभिन्न बैठक दैनिक बस्ने गरेको भएपनि जनताको हितका खातिर कोहीले केही गरेको देख्न, सुन्न सकिन्न् । जनता भोक, रोग र शोकले आक्रान्त छन् । सरकारलाई केही मतलब छैन । यसकै सेरोफेरोमा रहेर नवीनले यो गीत ल्याएका हुन् । गायक पौडेलकै शब्द, संगीत रहेको गीतमा देश बिग्रेको चिन्ता गरिएको छ । 

देशलाई कायापलट गर्ने एक धर्तीपुत्रको आवश्यकता रहेको औंल्याउँदै गीतमार्फत भ्रष्टचारी तह लगाउन खुकुरी उठाउन आवहान गरिएको छ । गीतमा बालुवाटरको ललिता निवास प्रकरण, सत्तरी करोड घुस काण्ड, ओम्नि काण्ड, सुन काण्ड, अपहरण काण्ड, बलात्कार काण्डलगायत थुप्रै काण्डको कुरा उठाइएको छ । 

प्रसाद, प्रिन्च अबिरल, चन्द्रीका ओझा, सपन सुमन, सुनिता सुनल लगायतको कोरोस गायन रहेको गीतको एरेन्ज केशव बाबुले गरेका हुन् ।

सामाजिक धारका यथार्थपरक चेतनामूलक गीत सिर्जना गर्ने नवीनको यो गीतको भिडियोमा विष्णु भट्टराई, किरण तुलाचन, परि शर्मा, गीता केसी, यमन अर्याल, कल्पना पाण्डे, सगुन शर्मा, पुष्प बरालको अभिनय छ । भिडियो छायाँकन, सम्पादन तथा निर्देशक विष्णु भट्टराईले गरेका हुन् । (अन्नपूर्णा पाेस्टबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *