गायिका बिमोचना लम्जेलको ‘सपना मेरो’ सार्वजनिक (भिडियो सहित)

इन्भेष्टाेपेपर । कार्तिक २४, २०७७

आफ्नी आमा चर्चित लोक गायिका डेजी बराईलीको स्वरमा रहेको गीत ‘भैसी लड्यो है’ गाएर  भ्वाइस अफ नेपालको मंच बाट आफुलाई परिचित गराउन सफल गायिका  बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको  नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

एक युवतीको भविष्यको सपना र  कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन्। गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका सुपरिचित संगीतकार र गितारवादक अनित थापाको रहेको छ।  

दार्जिलिङमा  रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो।  म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ।  अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लम्जेलले सम्पुर्ण दर्शक स्रोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *