मुस्ताङको प्रेमकथा बोकेको गीत ‘हिमालपारि’ सार्वजनिक

इन्भेष्टाेपेपर । कार्तिक १, २०८३

मकवानपुर । मुस्ताङको छुसाङ गाउँको प्रेमकथा, मौलिक संस्कृति र हिमालपारिको प्राकृतिक सौन्दर्यलाई समेटिएको नयाँ नेपाली गीत ‘हिमालपारि’ सार्वजनिक गरिएको छ। गायक योगेश राना मगरको स्वर रहेको गीतमा जेम्स तामाङको शब्द र विक्रम थापाको संगीत रहेको छ।

प्रेम र विश्वासलाई केन्द्रमा राखेर तयार पारिएको गीतले मुस्ताङको सांस्कृतिक पहिचानलाई सांगीतिक कथामार्फत प्रस्तुत गरेको छ। सञ्जय हमालको संगीत संयोजन रहेको गीतको मिक्सिङ बिसन मानन्धर र मास्टरिङ अशोक महर्जनले गरेका हुन्।

एकान्त मगरको निर्देशनमा तयार भएको भिडियोमा गायक योगेश राना मगर र प्रिया थापा प्रमुख भूमिकामा देखिएका छन्। भिडियोको छायांकन सञ्जोक श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी भुपेन्द्र रिखाम मगरको रहेको छ। मेकअप आर्टिस्ट रेविका मगर र यातायात व्यवस्थापनमा सुजन श्रेष्ठको योगदान रहेको छ।

गीतमा मुस्ताङको छुसाङ गाउँकी भूमो र उनका प्रेमीबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ। प्रेमिकालाई भविष्यमा घरबार बसाउने वाचा गर्ने प्रेमीको भावले गीतलाई भावनात्मक बनाएको छ। घर र गुम्बालाई साक्षी राखेर सँगै जीवन बिताउने प्रतिबद्धता व्यक्त गरिएको यस कथामा प्रेम, विश्वास र प्रतीक्षाको भाव पाइन्छ।

गीतको भिडियो गायक योगेश राना मगरको आधिकारिक युट्युब च्यानल याेगेश राना अफिसियलबाट सार्वजनिक गरिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *