नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई एक थान पिसिआर मेसिनका लागि वित्तीय सहयोग प्रदान
इन्भेष्टोपेपर । जेष्ठ १४, २०७७
नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई एक थान पिसिआर मेसिन खरिदका लागि रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।
उक्त सहयाेग रकमबाट खरिद मेसिन आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा रहने छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई रकम पेदान गरिएकाे हाे ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ भनि बैंकले एक विज्ञप्ति मार्फत जानकारी गराएकाेछ ।
