नबिल बैंकले ल्यायो “नयाँ लुगा” नामक दशैं भिडियो
इन्भेष्टोपेपर । आश्विन २५, २०७८
काठमाण्डाैं । नबिल बैंकले गतवर्ष जस्तै यो वर्ष पनि “नयाँ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ। यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामाआधारित छ, यो कथाआम नेपालीहरुको आत्मकथा पनि हो ।
भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँदछ,दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाँउ फर्किन्छन्। फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशीभई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।
यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमाआÏनो परिवार संग भेटि सुरक्षितसाथ खुशी साटासाट गराै भन्ने सन्देश सरल ढंगले दिएको छ ।
