नबिल बैंकद्वारा नबिल दशै धमाका अफर जारी

इन्भेष्टोपेपर । आश्विन २०, २०७

काठमाडौं । नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग  गरेबापत क्यासब्याक पाउन सकिने बैंकले जनाएको छ । 

 नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयासम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । यो अफर घटस्थापनाको दिन लागु हुने छ । त्यस्तै  किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन । किराना पसलमा यो अफर  अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५००  रुपैयाँसम्म पाउन सकिने बैंकले बताएको छ ।  

यस अफर मार्फत नबिल बैंकले आफ्ना ग्राहकमा दशैंको उपलक्ष्यमा नयाँ हर्श ल्याउन खोजेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको  शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क  हुन सक्नेछन । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *