नबिल बैंकको “नबिल एफडी कार्ड” योजना

इन्भेष्टोपेपर । फागुन २५, २०७८

काठमाण्डाैँ । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ, जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो ।

प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइलफोन र ल्यापटप जस्ता बस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुकालागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्तगर्न मिल्ने विकल्प/सुबिधा प्रदान गरेको छ । यस योजना अन्तर्गत रु.२ लाख प्रतिकार्ड सिमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशत सम्मकार्ड सिमा प्राप्त गर्न सकिनेछ ।

यो मुद्धती निक्षेप र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३% का दरले लोभलाग्दो ब्याजसमेत आर्जन गर्न सक्नेछन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउने छ भन्ने नबिल बैंकले विश्वाुस लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *