नमस्ते पे काे नेपालभर स्मार्ट क्यूआर सेवा सुरु
इन्भेष्टाेपेपर । जेठ २०, २०७९
काठमाडौं । नमस्ते पे मोबाइल भुक्तानी सेवालेआफ्नो वालेट मार्फत Smart QR उपलब्घ हुने नेपालभरका मर्चेन्टहरूमा Scan & Pay सेवा शुरु गरेको छ । यो सेवा शुरु भएसंगै नमस्ते पे वालेटका प्रयोगकर्ताहरूले Smart Choice Technologies (SCT) द्वारा जारी गरिएका Smart QR प्रयोग गरी आफ्नो वनलेटबाट सिधै भुक्तानी गनट सक्नेछन्।
सो QR भुक्तानी सेवा शुरु भएसंगै नमस्ते पे वालेट प्रयोगगरी Smart QR मार्फत गोल्डस्टार जुत्ताका शोरुमहरूमा भुक्तानी गर्दा ३०% (अधिकतम रू ३००) सम्म छुट समेत लिन सकिने छ ।
NDPC नेपालको नेपाल टेलिकम र राष्ट्रिय बाजिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फाेन अावश्यक नपर्नेगरि USSD मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत भुक्तानी सेवा प्राप्त गर्ने सबै प्रकारका विशेषता रहेका छन्।
