नेशनल लाईफले राम्राे प्रगति गर्दै दोश्रो स्थानमा उक्लियो

इन्भेष्टोपेपर । श्रावण ०६, २०७

काठमाणडाैं । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।

कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पुर्याउन सफल भएको छ । गत वर्ष राम्राे प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता उत्साहित बनेका छन् ।

बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क रु.३ अरब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको रु.३ अरब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *