६२ बर्षकाे उमेरमा तन्नेरी जाेशः पच्चीस विधामा राष्ट्रिय रेकर्ड, गिनिज बुकमा नाम लेखाउन सिफारीस
Investopaper, श्रावण २१, २०७६
अदम्य उत्साह र शाहसकाे अगाडी कसकाे के नै लाग्छ र ? तीनबिस उमेर पार गरिसकेका, कृषि विकास वैंकमा अधिकृत स्तरकाे जागिरे जीवनबाट अवकास लिइसकेका रामचन्द्र खनाल एक अदभूत नेपाली नागरीक हुन । ६२ वर्षे तन्नेरी खनालले बनाएकाे रेकर्ड गिनिज बुकमा उनकाे नाममा कायम गर्नकाे लागि सिफारीस समेत भैसकेकाे छ ।
नेपाल सरकार र राष्ट्रिय खेलकुद परीषदबाट १६ वटा ब्यायाम बिधाहरुमा गिनिज बुक अफ दि वर्ड रेकर्डस् पुस्तकमा समाबेश गरीदिन सिफारीस गरिएको छ ।
६२ बर्षीय रामचन्द्र खनाल सिट–अप, पुस–अप र पुल–अप ब्यायाम तर्फका महत्वपूर्ण बिधाहरुमा नेपाल च्याम्पियन बन्नुका साथै कुल २५ वटा राष्ट्रिय कीर्तिमान बनाइ नेपालमा सबैभन्दा बढि कीर्तिमान कायम राख्न सफल ब्यक्ति भएका छन् ।
पुसअप तर्फः
हालै राष्ट्रिय खेलकुद परीषदले पुस–अप तर्फका ८ वटा कीर्तिमान थपेपछि हालसम्म कायम २३ वटा कीर्तिमानधारी खनालको जेष्ठ नेपालीको कीर्तिमान समेत बनेको छ ।

उनले एक घण्टाकाे समयावधिमा २८४५ पटक पुसअप गरेर राष्ट्रिय रेकर्ड कायम गरेका हुन । त्यसैगरी एक मिनेटमा १५५ पटक, एक सेटमा ३१० पटक, १५ मिनेटकाे समयमा ८५१ पटक र तीस मिनेटमा १४०६ पटककाे राष्ट्रिय रेकर्ड पनि उनकै नाममा छ । सबैभन्दा कम समयमा हजार पटक पुसअप गर्ने तथा सबैभन्दा पाकाे उमेरमा र पुरूषतर्फ एक घण्टामा सबैभन्दा धेरैपटक पुसअप गर्ने व्यक्तिकाे सूचीमा समेत उनकाे नाम दर्ज भएकाे छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले दिएको बिभिन्न प्रमाण–पत्र अनुसार उनले उक्त कीर्तिमानहरु बनाएका र उनले आफ्नै नामका २ कीर्तिमान तोडेका थिए । यस अघिदेखी उनको नाममा सिट–अप तर्फका बिभिन्न बिधामा ११ वटा र पुस–अप तर्फका ४ बिधामा गरि जम्मा १५ वटा कीर्तिमान कायम रहेका थिए ।
उनको असाधारण क्षमताको कदर गर्दै नेपाल सरकार र राष्ट्रिय खेलकुद परीषदबाट १६ वटा ब्यायाम बिधाहरुमा गिनिज बुक अफ दि वर्ड रेकर्डस् पुस्तकमा समाबेश गरीदिन सिफारीस गरिएको छ र लिखित बधाइ समेत दिइएको छ ।
सिटअप तर्फः
खनालले सिटअप व्यायाम तर्फ पनि एक घण्टामा २६२५ पटक, एक मिनेटमा ५८ पटक, दुइ मिनेटमा ११५ पटक, पांच मिनेटमा २७८ पटक, २० मिनेट ४ सेकेण्डमा १००० पटककाे रेकर्ड कायम गरेका छन । यसअघि एक घण्टामा सिटअपकाे २१२३ पटककाे रेकर्ड थियाे भने उनले २६२५ पटक गरेर रेकर्ड कायम गरेका हुन । याे रेकर्ड उनले ६० वर्षकाे उमेरमा बनाएकाे हुंदा सबैभन्दा पाकाे उमेरकाे रेकर्ड पनि उनकाे नाममा छ ।

उनी ब्यायाम क्षेत्रका बिशेष क्षमतावान अग्रणी ब्यक्तित्व हुनाले उनलाइ ‘ब्ययामका ध्रुवतारा’ जस्ता नामले बिभूषित गरी राष्ट्रको तर्फबाट सन्मान गर्न उचित देखिन्छ । पिता ठाकूर प्रसाद एबं माता धर्म कुमारीका जेष्ठ सुपुत्र खनाल टांडी दर्छा पाल्पामा जन्म भै हाल बुढानिलकण्ठ नगरपालिका १० कपनमा बसोबास गर्छन् ।

रामचन्द्र खनाल द्वारा कायम पुसअपकाे भिडियाे रेकर्ड हेर्नकाे लागि याे लिंकमा क्लिक गर्नुहाेस ।
Read Also : Sports and Interesting Facts Click Here .