एनसीसी बैंकले घाेषणा गर्याे लाभांश, बाेनस कति ?

Investopaper, पौष ७, २०७६ 

गत आर्थिक वर्षको मुनाफाबाट नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पनि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आव २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

बैंकले अघिल्लाे आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट पनि १५.८९ प्रतिशत नै बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

सेञ्चुरी बैंक बाहेक सबै वाणिज्य वैंकहरूले लाभांश घाेषणा गरिसकेका छन भने कतिपयले लाभांश समेत दिइसकेका छन । एनसिसि बैकका शेयरधनीहरूले प्रस्ताबित लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृति तथा बैंककाे साधारण सभाले अनुमाेदन गरे पश्च्यात प्राप्त गर्नेछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *