NCHL इन्टिग्रेसन पछि घरबाटै रकम भुक्तानी गर्न सम्भव। जान्नुहोस् कसरी गर्ने।

नेप्से कारोबारको सहजिकरणमा क्रमिक रुपमा सुधार देखिरहेको बेला एनसिएचएल इन्टिग्रेसन अर्को एउटा उपलब्धिको रुपमा शेयर बजारमा आएको छ। नेप्से अनलाईन ट्रेडिङको सुरुवात सँगै घरबाट आफैले शेयर कारोबार गर्न सकिने भएता पनि रकम भुक्तानी गर्न ब्रोकर कार्यालय नै जानु पर्ने थियो। तर अब यसलाई पनि डिजिटल पेमेन्टबाट भुक्तानी गर्नुपर्ने रकम अनलाईननै ट्रान्सफर गर्न मिल्ने बनाइएको छ। बेचेको रकम पनि स्वत खातामा जम्मा हुने प्रकिया चाहिँ अहिले तत्काल नभएको हुँदा रकम लिन भने ब्रोकर कार्यालय धाउनु पर्ने छ।

एनसिएचएल इन्टिग्रेसन भएसँगै अब तपाईले अनलाईन लगईन गरेर नेप्सेको अनलाइन ट्रेडिङ गर्ने वेबसाइटबाट कारोबार राफसाफ गर्न सक्नुहुनेछ। यसको लागी तपाईलाई अनलाईन यूजर नाम र पासवर्ड चाहिन्छ। साथै तपाईले आफ्नो बैंक खाता रहेको बैंकबाट Connect IPS सुविधा पनि लिनुपर्नेछ। टि‌+1 सेटलमेन्टमा छिट्टै जान लागेको शेयर बजारलाई यो डिजिटल पेमेन्टले थप साथ दिएको छ।

यहां क्लिक गरेर कसरी अनलाईन ट्रेडिङ वेबसाइटबाट रकम भुक्तानी गर्ने भनेर जान्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *