सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको आवश्यकता – उपाध्यक्ष ढकाल

इन्भेष्टोपेपर । मंसिर ४, २०७८

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धनबाट नै देशमा आर्थिक समृद्धि सम्भव रहेकाले देशका विविध सेवा तथा व्यवसायलाई ‘डिजिटलाइज’ गर्नुपर्ने बताउनुभयो । उहाँले अबको युग सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दोरुपमा प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो ।

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड–१९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उहाँले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई सूचना प्रविधिमा लैजान सकिने सम्भावनाको खाजी गरी त्यसतर्फ लैजान आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो, तर महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि ग¥यौँ, अब यसलाई थप संस्थागत गर्नुपर्छ ।”

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र यसलाई आगामी दिनमा प्रमुखताका साथ अघि बढाउने बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *